कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु


  • Himalayan Bank Limited (HBL)
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार (सुर्खेत),  चैत १६ गते ।  कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । 

आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति पाएसँगै निर्माणको बाटो खुलेको हो । विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो । सोही अनुमितअनुसार रुखमा छपान कार्य सकिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । विद्युत् विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गरिने भएको छ । 

Read More