क्रिप्टो कारोबारबाट अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय


  • Himalayan Bank Limited (HBL)
क्रिप्टो कारोबारबाट अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय

काठमाडौँ — चर्चित वित्तीय म्यागजिनहरूले आफ्नो कभरमा ‘आगामी वारेन बफेट’ भनी प्रचार गरेका अमेरिकी क्रिप्टो बजारका चर्चित अर्बपति साम ब्यांकम्यान-फ्रिड (एसबीएफ)लाई अमेरिकी अदालतले २५ वर्ष जेल सजायको फैसला सुनाएको छ । क्रिप्टो कारोबार प्लाटफर्म ‘एफटीएक्स’मार्फत अर्बौं अमेरिकी डलरको घोटालामा संलग्न रहेको अभियोगमा ३२ वर्षीय ब्यांकम्यान-फ्रिडलाई बिहिबार अमेरिकी संघीय जिल्ला अदालतले ११ अर्ब डलर जरिवानासमेत तिर्न आदेश दिएको हो ।

Read More