१६ चैत, काठमाडौं । राम्रो व्यवस्थापनमा चलेको भनिएका सहकारी संस्थामा समेत संस्थागत सुशासनमा समस्या देखिएको नेपाल राष्ट्र बैंकको अनुगमनमा भेटिएको छ ।
संघीय सहकारी विभागले राष्ट्र बैंकको प्राविधिक जनशक्तिको सहयोगमा नौ वटा सहकारी संस्था अनुगमन निरीक्षण गर्दा तिनको संस्थागत सुशासनमा कैफियत भेटिएको हो ।
अनुगमन निरीक्षणमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा गम्भीर समस्या देखिएको सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले बताए ।



