काठमाडौँ । सरकारले स्वदेशी र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारी गरिरहेको बेला विगत एक दशकमा वैदेशिक लगानीको प्रतिबद्धता र कार्यान्वयनको अवस्था दयनीय रहेको देखिएको छ ।
उद्योग विभागको वेभसाइटमा सार्वजनिक लगानी प्रतिबद्धता सम्बन्धी तथ्याङ्क र नेपाल राष्ट्र बैंकद्धारा प्रकाशित ‘प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन’मा उल्लेखित कार्यान्वयनको अवस्था तुलना गर्दा यो स्थिति देखिएको हो ।



