काठमाडौँ — आगामी ८ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार भएको छ । हाल मुलुकको कुल जडित क्षमता २७ सय मेगावाटभन्दा बढी भए पनि सुक्खायाममा १४ सय मेगावाट मात्र उत्पादन हुने गरेको छ । अपुगमध्ये ४५० मेगावाट भारतबाट आयात गर्ने गरिएको छ । मुलुककै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना बुढीगण्डकी सम्पन्न भएको खण्डमा मुलुकको ऊर्जा प्रणालीलाई स्थिर र भरपर्दो बन्नुका साथै भारतमाथिको निर्भरता पनि हट्ने छ ।


