सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई विद्युत प्राधिकरणको ताकेता


  • Himalayan Bank Limited (HBL)
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो ।

विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक परे किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि प्राधिकरणले भनेको छ ।

Read More