वैदेशिक रोजगारीमा जाने नागरिकबाट अनावश्यक शुल्क अशुलिदै,निरीक्षण टोली खटाउँछौ–बीमा प्राधिकरण


  • Himalayan Bank Limited (HBL)
वैदेशिक रोजगारीमा जाने नागरिकबाट अनावश्यक शुल्क अशुलिदै,निरीक्षण टोली खटाउँछौ–बीमा प्राधिकरण

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी अनावश्यक शुल्क अशुल्ने गरिएको तथ्य फेला परेको छ । दैनिक हजारौको मात्रामा नेपालीहरु स्वदेशबाट बाहिरीरहेको बेलामा त्यस्तो आँकडा फेला परेको हो ।

उक्त बेथिति बीमासँग सम्बन्धित छ । बीमा कम्पनीहरुले माध्यम बनाएर प्रयोग गर्ने केही डिजिटल सेवा प्रदायकहरुले नै त्यस्तो हर्कत गर्दै आएको खुलेको हो । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले कुनै पनि कम्पनीहरुले ग्राहकहरुलाई अनावश्यक रुपमा बढी शुल्क लिन नपाइने कडा व्यवस्था पनि गरेको छ । ठीक यही बेलामा नेपालमा नाम चलेका केही भुक्तानी सेवा प्रदायकहरुले जम्मा २० रुपैयाँ सेवाशुल्क लिनुपर्ने ठाउँमा बीमित कामदारहरुबाट साढे ६ सय रुपैयाँसम्म चर्को रकम अशुल्दै आएको खुलेको हो ।

Read More