सहकारीमा कर्जा सूचना केन्द्र स्थापनाका लागि सहजीकरण गर्ने जिम्मेवारी अर्थ मन्त्रालयले पाएको छ । आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले सहकारी ऐन, २०७४ को दफा ८१ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र स्थापना र व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई सहजीकरण गर्ने जिम्मेवारी दिएको हो ।


