एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर, करिब ९२ करोड बिगो माग


  • Himalayan Bank Limited (HBL)
एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर, करिब ९२ करोड बिगो माग

काठमाडौं । चर्चित मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १९ जना र दुई वटा कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा नेपाल दुरुसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्धय दिगम्बर झा र पुरुषोत्तम प्रसाद खनालको समेत संलग्नता रहेको आयोगले जनाएको छ । यस प्रकरणमा निर्देशक/वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशक/उपनिर्देशक संदिप अधिकारी समेत मुछिएका छन् । 

Read More