सरकारले कृषि बीमा वापतको रकम भुक्तानी नगर्दा ४२ लाख घरपरिवार मारमा परेका छन्। सरकारबाट पाउनु पर्ने बीमा प्रिमियम वापतको रकम नपाएपछि निर्जीवन बीमा कम्पनीहरुले उधारो बीमा गर्न छोडेका छन्। जसको कारणले ४२ लाख घर परिवार मारमा परेका हुन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बीमा अनुदान वापतको रकम बीमा कम्पनीलाई दिने व्यवस्था रहेको छ । तर, मन्त्रालयले समयमा भुक्तानी नगरिदिँदा ४२ लाख परिवार मारमा परेका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल देशमा ४२ लाख परिवार किसान छन् । कृषि पेशामा आवद्ध भएर आफ्नो पेट पालिरहेका आफुहरुमाथि सरकारले लात हान्ने काम गरेको किसान बताउछन्।


