काठमाडौँ । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो ।
यससँगै, नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको जानकारी दिए । उनले नेपाललाई डेढ महिनाका लागि मात्रै बिजुली चाहिने भएको समेत बताए ।



