वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व संकलन


  • Himalayan Bank Limited (HBL)
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व संकलन

काठमाडौं। मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व संकलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व संकलन भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४०.५५ प्रतिशत मात्रै राजस्व संकलन भएको बताए । ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व संकलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व संकलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’

Read More