अर्थतन्त्रको प्रभाव बिमा बजारमा


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रको प्रभाव बिमा बजारमा

काठमाडौं : पछिल्लो समय समग्र अर्थतन्त्रमा परेको प्रभाव बिमा बजारमा पनि देखिन थालेको छ। गत वर्षको तुलनामा यसपटक बिमा गर्नेको संख्यामा कमी आएको छ। नेपाल बिमा प्राधिकरणको चालु आर्थिक वर्ष (आव) को फागुनसम्मको तथ्यांकले गत आवको सोही अवधिको तुलनामा बिमालेख संख्या १.३९ प्रतिशतले घटेको देखाएको छ। 

आर्थिक वर्ष (आव) २०७८/७९ को फागुनसम्ममा १ करोड ४० लाख १ हजार ५ सय ७७ बिमालेख जारी भएको थियो । तर, यसयता एक वर्षको अन्तरमा १ लाख ९४ हजार ३ सय २८ संख्यामा घटेको छ। यसरी घट्दा हाल फागुन मसान्तसम्ममा १ करोड ३८ लाख ७ हजार २ सय ४९ बिमालेख मात्रै जारी भएको छ।

Read More