हकप्रद अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या दर्जन नाघ्यो, कुनको कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हकप्रद अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या दर्जन नाघ्यो, कुनको कति ?

नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या एक दर्जन नाघेको छ । चैत्र महिनामा नेको इन्स्योरेन्स र तेह्रथुम पावरले आवेदन दिएपछि हकप्रद अनुमतिको पर्खाईमा रहेका कम्पनीको संख्या १३ पुगेको हो ।

यी १३ कम्पनीले कुल ११ अर्ब ३६ करोड ४५ लाख २८ हजार २ सय रुपैयाँ बराबरको ११ करोड ३६ लाख ४५ हजार २ सय ८२ कित्ता शेयर निष्काशन गर्न लागेका हुन् । १३ कम्पनी मध्ये २ वटा जीवन बीमा कम्पनी, २ वटा निर्जीवन बीमा कम्पनी र बाँकि ९ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

Read More