बैंक नै नभएको साइपालमा राष्ट्र बैंकले थाल्यो अध्ययन


  • Himalayan Bank Limited (HBL)
बैंक नै नभएको साइपालमा राष्ट्र बैंकले थाल्यो अध्ययन

बझाङ — स्थानीय तह स्थापना भएको सात वर्ष बितिसक्दा पनि बैंक स्थापना नभएको साइपाल गाउँपालिकामा नेपाल राष्ट्र बैंकको टोली स्थलगत अवलोकनका लागि पुगेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बैंक नभएको एक मात्रै पालिका साइपालमा टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको हो ।

बैंक स्थापना गर्न सकिने/नसकिने बारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेस्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो ।

Read More