अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा


  • Himalayan Bank Limited (HBL)
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा

अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूल खेती सुरु गरेका छन्। साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन्।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँ खेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूल खेती प्रारम्भ गरेका छन्।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल भएका छन्। रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताएका छन्।

Read More