विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक, आइतबारसम्म नविकरण हुने मन्त्रालयको भनाइ


  • Himalayan Bank Limited (HBL)
विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक, आइतबारसम्म नविकरण हुने मन्त्रालयको भनाइ

काठमाडौं । विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक रहेको उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले जनाएको छ । आगामी आइतबारसम्म नवीकरण हुने मन्त्रालयको भनाई छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँग सम्झौता गरेर खुला बजारमार्फत विद्युत किनबेच गर्दै आएको छ । इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौता यहि मार्च अन्तिममा सकिँदैछ ।

हिउँद लागेसँगै विद्युत उत्पादन कम हुने तथा भारतसँग विद्युत आयात सम्बन्धी सम्झौता नवीकरण नभएको भन्दै लोडसेडिङ बढ्ने खतरा बढेको चर्चा गर्न थालेको छ । तर सम्झौता नवीकरण गर्न भारत सरकार सकारात्मक रहेकाले लोडसेडिङको समस्या नआउने उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले बताएको छ ।

Read More