बाढी प्रभावित आयोजनाले १० महिना पुग्दा पनि पाएनन् राहत


  • Himalayan Bank Limited (HBL)
बाढी प्रभावित आयोजनाले १० महिना पुग्दा पनि पाएनन् राहत

काठमाडौँ — पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले १० महिना बित्दासमेत राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधबार संघीय संसद्को‌ अर्थ समितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

समिति बैठकमा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी गएको १० महिनासम्म पनि आयोजनाले राहत तथा क्षतिपूर्ति पाउन नसक्नु दुखद् भएको बताए । ऊर्जा मन्त्रालयले अर्थलाई देखाउने र अर्थ मन्त्रालयले ऊर्जालाइ देखाउँदै यतिका समय बितेको उनले गुनासो गरे ।

Read More