झापा : बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर-८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी-३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर-७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।



