काठमाडौं । बुक विल्डिङ विधिबाट दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न निवेदन दिएको रिलायन्स स्पिनिङ मिल्स डेड महिनादेखि स्वीकृतिको पर्खाइमा रहेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने यो कम्पनी दोस्रो नम्बरमा पर्दछ । यस अघि सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गरी दोस्रो बजारमा कारोबार समेत सुरु भैसकेको छ ।





