काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।





