माइक्रोसफ्टले एकपटक फेरि विन्डोज र सर्फेस टोलीलाई आन्तरिक रूपमा मर्ज गरेको छ। अब भारतस्थित आईआईटी मद्रासका पूर्व छात्र पवन दाभुलुरीलाई यसको नेतृत्व गर्ने भएका छन्।
माइक्रोसफ्टसँग सम्बन्धित सूचना दिने विन्डोज सेन्ट्रल नामक संचारमाध्यमले दाभुलुरीकाे नियुक्तको विषयमा जानकारी दिएको हो । विन्डोज सेन्ट्रलका अनुसार दुवै टोली केही समयका लागि छुट्टिएका थिए ।
विन्डोज र सर्फेस टोलीहरूको पुनः एकीकरण माइक्रोसफ्टको इन्जिनियरिङ र डिभाइस संगठन भित्र एक परिचित संरचनामा फिर्ता हुनुकाे संकेत हाे जसको नेतृत्व राजेश झाले गरिरहेका थिए।



