काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्ममा २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क १९ लाख १६ हजार ६६६ बीमालेख बिक्री गरेर संकलन भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २ लाख ४५ हजार ५६० वटा बीमालेख बिक्री गरेका हुन् ।



