काठमाडौं। ऋण असुली न्यायाधिकरणमा मुद्दाको चाप बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ऋण असुली गर्न नसकेपछि न्यायाधिकरणलाई गुहार्ने हुँदा वित्तीय संस्थामा खराब कर्जा बढेसँगै मुद्दाको चाप बढेको हो।
न्यायाधिकरणमा चालु आर्थिक वर्षको आठ महिना अवधिमा ३४२ वटा मुद्दा दर्ता भएका छन्। न्यायाधिकरणको तथ्यांक अनुसार यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सो संख्यामा मुद्दा दर्ता भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्दा ३३४ वटा थियो।



