काठमाडौँ — खाना पकाउने ग्यासमा सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको छ । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकिएको छ । ग्यासमा लाग्दै आएको भ्याट होटल, रेस्टुराँ, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् ।
उपभोक्ताले भने फिर्ता पाउँदैनन् । आम सर्वसाधारणलाई राहत दिनुपर्नेमा होटल, रेस्टुराँ र औद्योगिक प्रयोजनका व्यवसायीलाई बढी सुविधा मिलेपछि दोहोरो मूल्य लागू गर्न गृहकार्य भएको हो ।


