विनियोजित बजेट कार्यान्वयन र बजेट कार्यान्वयनका लागि गर्नुपर्ने कामहरूमा अर्थ मन्त्रालय निकै सुस्त देखिएको छ। बजेटबाट अघि सारिएका नीतिगत सुधारको काम पनि अघि बढ्न सकेका छैनन्।
सुधारको कामका लागि राखिएको बजेट खर्च स्थिति पनि दयनीय छ।
चालु वर्षमा बजेट सुधार आयोजना शीर्षकमा २० करोड बजेट विनियोजन गरिएकोमा ६५ लाख मात्रै खर्च भएको छ। भन्सार सुधार योजनामा ६५ करोड बजेट विनियोजन गरिएको थियो। यो अवधिमा १४ करोड मात्रै खर्च भएको छ।



