काठमाडौँ । आर्थिक वर्ष २०८१-०८२ को बजेटका लागि राष्ट्रिय योजना आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५ अर्ब ६३ करोड रुपैयाँको सिलिङ तोकेको छ ।
आयोगले आगामी आर्थिक वर्षको लागि मन्त्रालयलाई तोकेको सिलिङ चालु आर्थिक वर्षको तुलनामा चार करोड ९८ लाख रुपैयाँ कम हो । सरकारले यो आर्थिक वर्षमा मन्त्रालयलाई ५ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।



