धितोपत्र बोर्डको अध्यक्ष चुन्न अर्थमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष चुन्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ — पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अर्थ मन्त्रालयको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुष्करलाई बोर्डको नेतृत्व छिटो चुन्न भनेका हुन् । 

‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन,’ मन्त्री पुनले भने, ‘अध्यक्षका लागि आवेदन प्राप्त भइसकेकाले तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ पछिल्लो समय केही नियामक निकायले कार्यकारी निकायकै शैलीमा कार्यसम्पादन गर्न थालेकामा उनले चिन्ता व्यक्त गरे । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ,’ पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम गर्नुभएन ।’

Read More