नेपाल–भारत ऊर्जासचिव वार्ता: बिजुली निर्यात नरोक्न नेपालको आग्रह


  • Himalayan Bank Limited (HBL)
नेपाल–भारत ऊर्जासचिव वार्ता: बिजुली निर्यात नरोक्न नेपालको आग्रह

काठमाडौं । भारतले अर्को हप्तादेखि नेपाललाई बिजुली निर्यात नगर्ने संकेत गरेपछि मंगलवार नेपाल र भारतबीच ऊर्जासचिव स्तरमा वार्ता भएको छ । आफ्नो विद्युत् व्यापार बजार (इन्डियन इनर्जी एक्सचेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौता नवीकरण गर्न भारतले आनाकानी गरिरहेका बेला दुई देशका ऊर्जासचिवबीच कुराकानी भएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीन सिंहका अनुसार ऊर्जासचिव गोपाल सिग्देलले उनका भारतीय समकक्षी पंकज अग्रवाललाई बिजुली निर्यात नरोक्न आग्रह गरेका हुन् । कुराकानीका क्रममा भारतीय ऊर्जासचिवले आसन्न लोकसभा चुनावको व्यस्तताका कारण यस विषयमा निर्णय गर्न नसकिएको र सोलार तथा अन्य स्रोतबाट बिजुली दिनेबारे छलफल भइरहेको जानकारी गराएको सिंहले बताए । प्रतिस्पर्धाका आधारमा भारतीय बजारबाट बिजुली किन्दा कुन स्रोतबाट आयो त्यो नहेरिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । ‘बिजुलीका विभिन्न स्रोतबाट दिन सकिने भन्नुको अर्थ इन्डियन इनर्जी एक्सचेन्जबाट नदिने संकेत  हुनसक्छ,’ उनले भने ।

Read More