काठमाडौँ । चैत महिनामा बैंकहरुको आधार दर (बेस रेट) पनि घटेको छ । बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो ।
पछिल्लो तथ्यांक अनुसार चैत महिनामा बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ । चैतमा कुमारी र प्राइम कमर्सियल बैंकबाहेक अन्य वाणिज्य बैंकहरुको बेस रेट ९.०५ प्रतिशत कायम भएको छ । जबकी फागुनमा वाणिज्य बैंकहरुको बेस रेट ९.३४ प्रतिशत रहेको थियो ।



