सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्रमा शिथिलता मात्र आएको हो, संकटमा छैन : अर्थमन्त्री


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्रमा शिथिलता मात्र आएको हो, संकटमा छैन : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए । मंगलबार मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता भने रहेको बताएका हुन् । 

सो क्रममा अर्थमन्त्री पुनले राजस्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न मन्त्रालयका सचिव, सह–सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए । 

Read More
  • EBL