१३ चैत, काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा भएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।
भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।



