बीमा कम्पनीले लगानीको रकम वितरणयोग्य मुनाफाबाट घटाउनु पर्ने नियममा नयाँ व्यवस्था


  • Himalayan Bank Limited (HBL)
बीमा कम्पनीले लगानीको रकम वितरणयोग्य मुनाफाबाट घटाउनु पर्ने नियममा नयाँ व्यवस्था

नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० संशोधन गरेको छ । प्राधिकरणले निर्देशन संशोधन  गरेर बीमा कम्पनीले लगानीको क्षेत्र अनुसार वितरण योग्य मुनाफाबाट घटाउनु पर्ने अवस्थाको बारेमा प्रष्ट पारिदिएको हो । 

जस अनुसार प्राधिकरणले निर्देशनको दफा १६ को उपदफा १ मा संशोधन गरेको छ । जसमा बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले तीन वर्षसम्म धितोपत्र सम्वन्धी कानून बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनु पर्ने व्यवस्था छ ।

Read More