अर्थमन्त्री पुनसँग एसियाली पूर्वाधार बैंकले भन्यो- नेपाल हाम्रो उच्च प्राथमिकतामा छ


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्री पुनसँग  एसियाली पूर्वाधार बैंकले भन्यो- नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ। नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो।  

त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए। जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरूले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए। रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे।

Read More