राष्ट्र बैंक सम्मिलित टोलीले सक्यो ९ वटा सहकारीको अनुगमन, कस्तो भेटियो वित्तीय अवस्था ?


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंक सम्मिलित टोलीले सक्यो ९ वटा सहकारीको अनुगमन, कस्तो भेटियो वित्तीय अवस्था ?

पहिलो चरणमा ९ वटा सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न भएको छ । सहकारी विभाग र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले पहिलो चरणमा काठमाडौँ, ललितपुर र काभ्रे जिल्लाका ९ वटा सहकारीको अनुगमन निरीक्षण सम्पन्न गरेको हो ।

सहकारी विभागका अनुसार काभ्रेका ३, काठमाडौँका ५ र ललितपुरको एउटा सहकारीको अनुगमन सकिएको छ । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको विभागले बताएको छ ।

काठमाडौँका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, देबदर्शन बचत तथा ऋण सहकारी संस्था र शुभरत्न बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको हो ।

Read More