मर्स्याङ्दी जलविद्युतको उत्पादन ३९ मेगावाट घट्यो


  • Himalayan Bank Limited (HBL)
मर्स्याङ्दी जलविद्युतको उत्पादन ३९ मेगावाट घट्यो

अमरराज नहर्की

तनहुँ, चैत्र १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत् उत्पादन ठुलो परिमाणमा घटेको छ । यस वर्ष लामो समयसम्म पानी नपरेकोले ठुलो परिमाणमा उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो । 

सूख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा आधा भन्दा धेरै मेगावाट घटेको गौतमले बताउनुभयो । ६९ मेगावाट क्षमताको केन्द्रले हाल ३९ मेगावाट घटेर ३० मेगावाट मात्रै उत्पादन भएको गौतमले जानकारी दिनुभयो ।

Read More