फागुनमा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता


  • Himalayan Bank Limited (HBL)
फागुनमा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं– अघिल्लो महिना निराशाजनक रुपमा घटेको वैदेशिक लगानी फागुनमा भने आशावादी हुनेगरी बढेको छ । यो महिना झन्डै साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार १२ परियोजना स्वीकृत हुँदा पनि ६ अर्ब ४७ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको तथ्यांकअनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । फागुनमा प्राप्त वैदेशिक लगानी प्रतिवद्धता गत आवको सोही महिनाको तुलनामा दोब्बर हो भने अघिल्लो महिनाको तुलनामा करिब १९ गुणा बढी हो । माघमा ३४ करोड ५० लाख रुपैयाँमा लगानी खुम्चिएको थियो । माघमा वैदेशिक लगानीका परियोजनाको स्वीकृति संख्या र प्रतिवद्धता रकम अहिलेसम्मकै कम हो ।

Read More