काठमाडौं । वर्षमान पुन अर्थमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गरेसँगै उनलाई लटरपटर पारेर आफ्नो दुनो सोझ्याउने समूहहरू सकृय बनेका छन् । यस्तो समुहमा सर्वाधिक सक्रिय छन्, शेयर कारोबारीहरू । उनीहरूसँगै अर्को समुह पनि पुनलाई फकाउने र काम निकाल्ने दाउमा छ । त्यो हो, घरजग्गाका व्यापारीहरूको समुह ।
सत्ता समीकरणमा परिवर्तन आएसँगै विष्णु पौडेल अर्थमन्त्री बनेर एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्लान् भन्ने अपेक्षामा तुसारापात भएसँगै सेयर बजारमा उत्साह छाएन । उता ‘घर जग्गाको कारोबार बढ्यो’, ‘अर्थतन्त्र चलायमान हुन थाल्यो’ भन्ने तथ्यविहीन हल्लाले पनि काम नगरिरहेको बेला शेयर कारोबारी र जग्गा व्यापारीसँग पुनलाई नै फकाउने बाहेक विकल्प पनि छैन ।


_105357.jpeg)
