अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनर्निर्माण गरिने भएको हो।
सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो।
भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र बझाङ गरी सात सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए।



