नेपालको लेखा प्रणाली उत्कृष्ट : विश्व बैंक उपाध्यक्ष


  • Himalayan Bank Limited (HBL)
नेपालको लेखा प्रणाली उत्कृष्ट : विश्व बैंक उपाध्यक्ष

काठमाडौँ । विश्व बैंकले नेपालको लेखा प्रणाली  उत्कृष्ट रहेको बताएको छ । 

विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । ‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ’, उनले भनिन्, ‘नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’ लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । 

Read More