भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । भारत सरकारले अनिश्चितकालका लागि प्रतिबन्ध लम्बाएकाे हाे । भारतकाे यो कदमले आमनिर्वाचन अघि नेपाली बजारमा प्याजको भाउ बढ्न सक्छ ।
विश्वको सबैभन्दा ठूलो प्याज निर्यातक भारतले डिसेम्बरमा लगाएको प्रतिबन्ध यही चैत १८ गते अर्थात मार्च ३१ मा सकिँदै छ। यसअघि निकासीमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाले घटेको र यो सिजनको उत्पादनको नयाँ आपूर्ति पनि आएकाले यसलाई हटाउने अनुमान व्यापारीहरूले गरेका थिए ।
भारत सरकारले शुक्रबार राति जारी गरेको आदेशमा अर्को सूचना नआएसम्म प्याज निकासीमा लगाइएको प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा ठूलो प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा प्याजको मूल्य डिसेम्बरमा ४,५०० भारतीय रुपैयाँबाट घटेर प्रति १०० किलोग्रामकाे १,२०० भारूमा झरेको छ।



