ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी, व्यवसायीले राती र दिउँसोको मूल्य फरक गर्न नपाउने !


  • Himalayan Bank Limited (HBL)
ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी, व्यवसायीले राती र दिउँसोको मूल्य फरक गर्न नपाउने !

काठमाडौँ । सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी गरेको छ । सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको २४सै घण्टा व्यापार–व्यवसाय सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौँले यसको तयारी थालेको छ ।

Read More