काठमाडौं : चीनले सरकारी कम्प्युटर र सर्भरहरुबाट ‘इन्टेल’ र ‘एएमडी’ लगायत अमेरिकी माइक्रोप्रोसेसर चिपहरु क्रमिकरुपमा हटाउन निर्देशनहरु प्रस्तुत गरेको छ । आइतबार खरिद निर्देशन जारी गर्दै चीनले घरेलु चिप र सफ्टवेयर विकल्पहरुको पक्षमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम र विदेशी–निर्मित डाटाबेस सफ्टवेयरलाई पनि हटाउन खोजेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
शहरस्तर माथिका सरकारी एजेन्सीहरुलाई खरिद गर्दा सुरक्षित र भरपर्दो प्रोसेसर तथा अपरेटिङ सिस्टम चाहिने मापदण्डहरु समावेश गर्न भनिएको छ । यसअघि, डिसेम्बरको अन्त्यमा चीनको उद्योग मन्त्रालयले सुरक्षित र भरपर्दो मानिएका सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेसको तीन अलग–अलग सूचीहरु सार्वजनिक गरेको थियो । ति सबै सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेस चिनियाँ कम्पनीहरुबाट निर्मित रहेको रोयटर्स पनि पुष्टि गरेको छ ।



