रोकियो कृषि बीमा, सरकारले पैसा नतिर्दा सधैँ झमेला


  • Himalayan Bank Limited (HBL)
रोकियो कृषि बीमा, सरकारले पैसा नतिर्दा सधैँ झमेला

काठमाडौं । कृषि तथा पशुपंक्षी बीमामा सधैँ झमेला हुने गरेको छ । कहिले कृषकले भुक्तानी नपाएको पीडा सुनिन्छ त कहिले सरकारले अनुदानको रकम बीमा कम्पनीहरूलाई नदिएको गुनासो ।     

अहिले फेरि कृषि बीमाको अनुदानको विषयलाई लिएर सरकार र बीमा कम्पनीहरूबीच विवाद हुँदा त्यसको मारमा किसानहरू परेका छन् । लामो समयदेखिको अनुदानको रकम भुक्तानी नपाएको भन्दै निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले अनुदानमा आधारित कृषि बीमालेख नै बन्द गर्ने निर्देशन दियो । सोहि अनुसार डेढ सातादेखि बीमा कम्पनीहरुले कृषि बीमा ठप्प पारेका हुन् । जसका कारण कृषि बीमामा सहभागी बन्न चाहने किसानहरूले सरकारी घोषणा अनुसारको सेवा लिन पाइरहेका छैनन् । 

Read More