१२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि चालु पूँजी प्रकृतिका कर्जा घट्दै गएको छ । तर, त्यसको प्रभावले आवधिक कर्जा भने बढ्दै गएको छ ।
केन्द्रीय बैंकले १ कात्तिक २०७९ बाट चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । उक्त मार्गदर्शनले फर्म तथा कम्पनीको वार्षिक कारोबार आधारमा मात्रै चालु पूँजी कर्जा दिनुपर्ने भन्दै सीमा तोकेको छ ।



