काठमाडौं । भौगोलिक विकटता, सामाजिक विभेद र अपाङ्गमैत्री शिक्षा प्रणालीको अभावमा अपाङ्गता भएका जनसङ्ख्यामध्ये आधामात्र साक्षर रहेको देखिएको छ ।
मुलुकको कूल साक्षरता दर ७६.२ प्रतिशत रहँदा अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत मात्र छ । अपाङ्गता भएका महिलाको साक्षरता दर अझै न्यून छ । कूल अपाङ्गता भएका जनसङ्ख्याको ३८.५ प्रतिशत मात्र महिला साक्षर रहेको छ । ‘राष्ट्रिय जनगणना २०७८’को जनगणनामा सङ्कलित तथ्याङ्कका आधारमा सार्वजनिक गरिएको अपाङ्गसम्बन्धी तथ्याङ्कीय प्रतिवेदनमा यो तथ्य उजागर भएको हो ।



