काठमाडौं । एक महिनामै जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत फागुन महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा कम्पनीहरुले ४ लाख १५ हजार ६७६ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले फागुन महिनामा प्रथम बीमाशुल्कबाट २ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नवीकरण मार्फत बीमाशुल्क संकलन गरेका छन् ।



