फाइनान्स कम्पनीको खराब कर्जा २० प्रतिशतसम्म पुग्यो


  • Himalayan Bank Limited (HBL)
फाइनान्स कम्पनीको खराब कर्जा २० प्रतिशतसम्म पुग्यो

काठमाडौं । फाइनान्स कम्पनीहरूको नन पर्फमिङ लोन (एनपीएल) अर्थात् खराब कर्जा करिब २० प्रतिशतसम्म पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको तथ्यांक हेर्दा यस्तो देखिएको हो । 

वित्तीय संस्थाहरूले निश्चित समयका लागि समय–समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने सर्तमा कर्जा प्रवाह गरेका हुन्छन् । सो कर्जा समयमा भुक्तानी भएन भने खराब कर्जामा राख्ने गरिन्छ । जानकी फाइनान्स कम्पनीको यस्तो कर्जा १९.९९ प्रतिशत पुगेको हो ।  

Read More