अघि बढ्यो १० ठूला बैंकको लेखापरीक्षण गर्ने प्रक्रिया, मागियो अन्तर्राष्ट्रिय संस्थासँग आवेदन


  • Himalayan Bank Limited (HBL)
अघि बढ्यो १० ठूला बैंकको लेखापरीक्षण गर्ने प्रक्रिया, मागियो अन्तर्राष्ट्रिय संस्थासँग आवेदन

अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको प्रक्रिया अघि बढेको छ।

राष्ट्र बैंकले यसको लागि अन्तर्राष्ट्रिय लेखा परीक्षकहरूबाट आवेदन माग गरेको छ। आगामी अप्रिल ७ गते १२ बजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

यस्ता लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंक भार दिइएको छ। कम्तीमा ७० प्रतिशत अंक भार प्राप्त गर्ने आशय पत्र मात्रै बोलकबोल प्रतिस्पर्धाको लागि योग्य हुनेछन्। 

Read More