किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

काठमाडौं । पछिल्लो केही दिनयता लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । ९ कारोबार दिनमा यस समूहको सूचक ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । फागुन २७ गते यस समूहको सूचक ३ हजार ७३८ दशमलव ३५ विन्दुमा रहेकोमा चैत ८ गते बढेर ४ हजार १० दशमलव २५ विन्दुमा पुगेको हो । 

लघुवित्त कम्पनीको शेयर मूल्य ह्वात्तै घटेपछि अहिले यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । गत वर्ष नेपाल राष्ट्र बैंकले लाभांशमा कडाई गरेपछि लघुवित्त कम्पनीको शेयर मूल्य घट्न थालेको थियो । त्यो बेला प्रतिकित्ता रू. ५ हजारभन्दा बढी रहेको एक लघुवित्त कम्पनीको शेयर मूल्य अहिले रू. १६/१७ सयमा झरेको छ । 

Read More